एकीकृत समाजवादीद्वारा ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन

एकीकृत समाजवादीद्वारा ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीले पार्टीका ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएकाे छ।

सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपालले एक विज्ञप्ति जारी गर्दै धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिएका हुन् । उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन्।

ने‍ता नेपालले चार बुँदे अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै र तोकिएका उमेर समूहकालाई खोप लगाउन आग्रह पनि गरेका छन् । 

अध्यक्ष नेपालले सार्वजनिकस्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका हुन् । देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo