ए डिभिजन लिग : उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज

ए डिभिजन लिग : उपाधि होडमा मनाङ र मछिन्द्र, गोल्डेन बुटको दौडमा थपिए आफिज

केन्द्रबिन्दु
0
Shares

पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबविरुद्ध पाएको ५-० को जित नै जारी सहिद स्मारक ए डिभिजन लिग-२०७८ को ठूलो अन्तर जित रह्यो । सोही खेलमा मनाङका विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक गरे। 

योसँगै आफिज जारी लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भने । नाइजेरियाका यी खेलाडीले जारी लिगमा पाँच गोल गरे । मछिन्द्रका सुनिल बलले समेत पाँच गोल गरेका छन्। अब, लिगमा गोल्डेन बुटको दौडमा यी नै दुई खेलाडी रहेका छन् । दुई खेलाडीलाई पछ्याउने क्रममा अर्का ह्याट्रिककर्ता संकटाका अजयी मार्टिन्स, एपीएफ फुटबल क्लबका आशिष लामा रहे।  

जारी लिगमा आठ मध्ये सात खेलमा पूरा समय खेलेका आफिजले च्यासलविरुद्ध ह्याट्रिक गर्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्सविरुद्ध एक एक गोल गरे। संकटा र नेपाल पुलिस क्लबविरुद्ध दुई पहेँलो कार्ड पाएपछि मछिन्द्र फुटबल क्लबविरुद्ध भने आफिज निलम्बनमा परे। 

संकटाका डिफेण्डर निरज बस्नेतसहित १० खेलाडीले तीन गोल गरेका छन्। दुई गोल गर्नेमा १० खेलाडी छन्। यस्तै एक गोल गर्ने खेलाडी ३५ जना रहँदा आत्मघाती गोल गर्ने खेलाडी चार छन्। 

आठौं चरणको खेल सकिँदा ६३ खेलाडीले १०७ गोल गरे। जहाँ ५६ खेल भए । सिंगल राउण्ड रोबिनको लिगमा ९१ खेल हुनेछन् । जहाँ दुई टोली रेलिगेशन हुनेछन् भने एक टोली विजेता हुनेछ। यसपटक समयमै लिग नहुँदा सातौँ चरणमा शीर्षस्थानमा रहँदा मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप-२०२२ छनोटमा स्थान बनायो। 

आठौँ चरणमा सातमध्ये तीन खेल नतिजाविहीन रह्यो। विभागीय एपीएफ फुटबल क्लब र जावलाखेलले गोलरहित बराबरी खेले भने नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेले । सातौँ चरणमा कुल १३ गोल भए। 

फ्रेन्ड्सविरुद्ध पाएको आत्मघाती गोलसँगै मछिन्द्र क्लब २० अंकसहित शीर्ष स्थानमा छ। च्यासलविरुद्ध पाँच गोल गरेको मनाङ गोल अन्तर बढाउँदा १९ अंकसहित दोस्रो स्थानमा छ। समान १४ अंकका संकटा र आर्मी तेस्रो र चौथो स्थानमा छ। 

१३ अंकको थ्री स्टार पाँचौं स्थानमा छ भने ११ अंकको हिमालयन शेर्पा क्लब छैटाैँ स्थानमा छ। १० अंकको एनआरटी साँतौ स्थानमा रहँदा सातदोबाटो आठौं, जावलाखेल नवौं, एपीएफ १० औं र एपीएफ ११ औं स्थानमा रहँदा ब्रिगेड १२ औं स्थानमा छ। 

पाँच अंकको च्यासल युथ र तीन अंकको फ्रेन्ड्स १४ औं स्थानमा छ। 

नवौं चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ। 

सातौँ चरणको नतिजाः

संकटा क्लब १-१ सातदोबाटो युथ क्लब

एपीएफ फुटबल क्लब ०-० जावलाखेल युथ

मछिन्द्र फुटबल क्लब १-० फ्रेन्ड्स

मनाङ मर्स्याङ्दी क्लब ५-० च्यासल युथ क्लब

न्युरोड टिम एन आ टी ०-१ त्रिभुवन आर्मी फुटबल क्लब

थ्रीस्टार क्लब २-० हिमालयन शेर्पा क्लब

नेपाल पुलिस क्लब १-१ ब्रिगेड ब्वाईज क्लब ।

Logo