संविधानलाई सर्वस्वीकार्य बनाउन काँग्रेस नेता जोशीको माग

संविधानलाई सर्वस्वीकार्य बनाउन काँग्रेस नेता जोशीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा शनिबार आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तर्क्रियामा उनले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको भएको बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोप समेत लगाए। नेका केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निशर्त पालना गर्नमा सरकार चुकेको बताइन् । “वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफू अनुकुल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ,” उनले भने ।

राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, नेका पर्साका सभापति अजय द्विवेदी लगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताए। उनीहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नु पर्ने धारणासमेत राखेका थिए ।

Logo