भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन्। कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटै काम गर्न निर्देशन दिइएकाे हाे।
अहिलेसम्म अधिकांश कार्यालयलाई आधा कर्मचारीलाई कार्यालयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो। त्यस्तै, सरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यालयबाट काम गरेका छन्।
अत्यावश्यक सेवालाई भने छुट दिइनेछ। निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यालय, बीमा कम्पनी, औषधि कम्पनी, वित्तिय कम्पनी, वकिलका कार्यालय र कुरियर सेवालाई छुट छ।
सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन्। दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ।
संक्रमण दर २५ प्रतिशत रहेको छ। यो दर ५ मेपछिको उच्च हो। दिल्लीमा सोमबार एकै दिन १७ जनाको मृत्यु भएको थियो।एजेन्सी





























प्रतिक्रिया