नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्। पछिल्लो पटक विश्व ब्याडमिन्टन महासंघले जारी गरेको वरियतामा प्रिन्स तेस्रो स्थानमा थिए। तर, उनीभन्दामाथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन्।
नेपाल वरियताको नवौं स्थानका प्रिन्स जुनियरतर्फ एक नम्बर हुन्। कुनै पनि नेपाली खेलाडीले जुनियर बरियतामा हासिल गरेको यो सबैभन्दा माथिल्लो स्थान हो।
उमेर समूहमा नेपालका लागि ब्याडमिन्टनको पहिलो स्वर्ण जितेका प्रिन्स सिनियर बरियताको भने ४ सय ४५औं स्थानमा छन्।
हालै विश्व नम्बर एक बनेका प्रिन्सको १० हजार ४ सय अंक छ भने दोस्रो स्थानका मलेसियन खेलाडी हो जस्टिनको ९ हजार ५ सय ९० अंक छ।





























प्रतिक्रिया