टिचिङ अस्पतालमा ६० भन्दा धेरै डाक्टर र नर्समा एकैपटक कोरोना संक्रमण

टिचिङ अस्पतालमा ६० भन्दा धेरै डाक्टर र नर्समा एकैपटक कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जनाभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ। एकैपटक यति धेरैको संख्यामा चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ। 

कन्ट्याक ट्रेसिङमा परेका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेको भनाइ छ। 

अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो। 

एकैपटक ठूलो संख्यामा कोरोना पोजेटिभ आएको र अरुको रिपोर्ट आउने क्रममा रहेपछि अस्पतालबाट प्रवाह हुने सेवामा समस्या पर्ने काफ्ले बताउँछन्।

चिकित्सक, नर्स र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा कतिपय वार्डलाई मर्ज गर्ने तयारी अस्पतालले गरेको छ। 

पछिल्ला दिनमा देशभर र काठमाडौंमा समेत संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ। 

Logo