राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका १० कर्मचारीमा कोरोनापछि बैंकिङ सेवा अवरुद्ध

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका १० कर्मचारीमा कोरोनापछि बैंकिङ सेवा अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ। 

आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो। बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टि भएको बैंकले जनाएको छ। 

बैंकका प्रमुख लीलाराम ढुंगानाका अनुसार १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नाै जना कर्मचारी होम आइसोलेसनमा रहेका छन्। 

संक्रमित सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । चार दिनका लागि सेवा अवरुद्ध हुन सक्ने बैंकले जनाएकाे छ।

Skip This
Skip This
Logo