२० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा भने गिरावट

२० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा भने गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेर २ हजार ९४७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.७० अंकले बढेर ५४६ बिन्दुमा पुगेको छ। 

आज २२४ वटा धितोपत्रको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँमा खरिद विक्री भएको छ । 

आज पनि मध्यभोटेकोशी जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। 

Skip This
Skip This
Logo