प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम, नामकाे विषयमा मतदान हुँदै

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम, नामकाे विषयमा मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै कायम भएको छ। 

जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मतले जनकपुरधाम नै स्थायी राजधानी कायम गरेको हो। २०७४ साल यता जनकपुरधाम नै अस्थायी राजधानीको रुपमा रहँदै आएको थियो।

प्रदेश सभामा कायम रहेका १०४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए। जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो। प्रदेश २ को नामका लागि भने मतदान हुँदैछ।
 

Logo