यी एजेण्डाहरूमा छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

यी एजेण्डाहरूमा छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ पाँच दलीय गठबन्धनकाे बैठक आज मंगलबार बस्दैछ।

स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे बैठक बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने लागेकाे हाे। त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरे पनि सरकारले ढिलाइ गरेपछि शंसय बढेकाे छ। प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खाेजिएकाे आराेप लगाएकाे छ।

साेमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  छलफल भएकाे थियाे।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए।   

फाइल फाेटाे

Logo