जाजरकाेटमा १२ देखि १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।
१२ पुसदेखि सञ्चालन भएकाे खोप अभियान जिल्लाका सातवटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएकाे स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए।
उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएकाे हाे। बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएकाे हाे।
जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खाेप अभियान सञ्चालनमा छ। हालसम्म ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए।































प्रतिक्रिया