लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ

लागुऔषधसहित महोत्तरीबाट दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका दुई जना माथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

महोत्तरी औरही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुई जना पक्राउ परेका थिए । ठूलो मात्रामा लागु औषधसहित पक्राउ पर्ने सरोज विक र आकाश शर्मा छन् ।

मण्डन देउपुर, काभ्रेका विक र गोलबजार सिराहाका शर्मालाई सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेको बा ४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारवाट खटिएको टोलीले जाँच गर्ने क्रमामा मोटरसाइकलमा सबार दुवैलाई पक्राउ गरिएको महोत्तरी प्रहरी जनाएको छ ।

Logo