पत्रकार विश्वकर्माको निधनको छानबिन गरि क्षतिपूर्ति दिन श्रमजीवी पत्रकार संघको माग

पत्रकार विश्वकर्माको निधनको छानबिन गरि क्षतिपूर्ति दिन श्रमजीवी पत्रकार संघको माग

केन्द्रबिन्दु
0
Shares

श्रमजीवी पत्रकार संघले पत्रकार एलबी विश्वकर्माको निधनको छानबिन गर्न र दोषीलाई कारबाहीसहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ। 

पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएपछि भएको निधनका बारेमा शुक्रबार सिभिल हस्पिटलको व्यवस्थापनसँग छलफल गरेको जानकारी दिएका संघका अध्यक्ष जन्मदेव जैशीले निष्पक्ष छानबिनसहित दोषीमाथि कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए। 

‘उपचार नगरी आईसीयु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानबिनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्ना दिने अस्पताल व्यवस्थापनलाई जानकारी दिइएको छ’, उनले भने । 

उनका अनुसार व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आईसोलेसनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

आइतवार श्रमजीवी–पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठक बस्ने तयारी भएको अध्यक्ष जैशीले जानकारी दिए । 

Skip This
Skip This
Logo