आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष (आव) २०७६/७७ को बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को लागि न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो ।
कम्पनीको आव २०७६/२०७७ को मुनाफामा सरिक हुने गरि जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मूल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
१) सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख
सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदरको व्यवस्था गरिएको छ ।
२) अग्रिम भुक्तानी तथा सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर तोकिएको छ । जसमध्ये ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्र बोनसदर पाउनेछन् । १० देखि १४ वर्षको अवधिलाई प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिलाई ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिलाई ४८ रुपैयाँ र ४८ रुपैयाँभन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ ।
३) सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर कायम गरिएको छ भने १० देखि १४ वर्षसम्मको अवधिलाई पनि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिलाई प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिलाई प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको १७ हजार ५३ वटा बीमालेख बिक्री गरेको छ। बीमितले यस अवधिमा प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।
४) सावधिक (धन सरिता) जीवन बीमालेख
वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले प्रतिहजार २० रुपैयाँका दरले बोनसदर पाउने छन्। यो कम्पनीका बीमितले भने सबैभन्दा कम बोनसदर पाउने भएका हुन्।































प्रतिक्रिया