ग्लोबल छनोटलाई लक्ष्यमा राखेर राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणमा

ग्लोबल छनोटलाई लक्ष्यमा राखेर राष्ट्रिय क्रिकेट टोली प्रशिक्षणमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ।

आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो।

ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन्। तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकाले प्रशिक्षणमा समावेश छैनन्। छनोट खेलका बिगबासमा रहेका कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्।

ग्लोबल छनोट खेल्नु अघि नेपालले ओमानमा चारदेशीय ट्वान्टी–२० शृखंला खेल्नेछ। शृखंलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्। शृखंला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ। 

शृखंला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रुअरी ११ मा खेल्दैछ । यस्तै दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ। फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ।

समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । यस्तै समूह १ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसबाट फाइनल प्रवेश गर्ने दुबै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्ट्रेलियामा हुने आइसीसी पुरुष ट्वान्टी–२० विश्वकपको लागि छनोट हुनेछन्।

Logo