काठमाडौं उपत्यकामा ६,१७२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ६,१७२ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा एकैदिन ६,१७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ संक्रमित देखिएका हुन्।

यता पछिल्लो २४  घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४० जना डिस्चार्ज भएका छन् भने मृत्यु ८ जनाको भएको छ।

Logo