युवा संघद्वारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

युवा संघद्वारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

केन्द्रबिन्दु
0
Shares

युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन्।

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन गरेकाे हाे।

एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परिणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिए।

रौतहटको गौरमा गत बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन्। अहिले यसको सर्वत्र विरोध भइरहेको छ।

युवा संघका जिल्ला इञ्चार्ज युवा संघका जिल्ला इञ्चार्ज गोपाल न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न ढिलाइ गरे युवा संघ त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिए।

Skip This
Skip This
Logo