शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको प्रक्रिया सुरु, दरखास्त माग

शिक्षक सेवा आयोगद्वारा शिक्षक बढुवाको प्रक्रिया सुरु, दरखास्त माग

केन्द्रबिन्दु
0
Shares

शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ। शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो। 

आन्तरिक  प्रतियोगितात्मक परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्यांकनका आधारमा ७५ प्रतिशत हुनेगरि पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ। 

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस गर्न सक्नेछन्।

आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुल्ला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ।

Logo