पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीका विपक्षीहरुले फैलाएको भ्रम चिर्न पार्टीलाई राजनीतिक तथा वैचारिकरूपमा अझ सजग तथा सक्रिय बनाउन आग्रह गरेको छ। 

परिषद्का अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति जारी गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन्। 

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सो परिषद् गठन गरेको थियो। 

अध्यक्ष बोहराले एमालेले पार्टीलाई एकताबद्ध, गतिशील र सुदृढ बनाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्न आग्रह गरेका छन्।

Logo