प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी

प्रदेश १ मा एकीकृत समाजवादीकी जयन्ती राई विजयी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन् भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए । 

Skip This
Skip This
Logo