राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।
पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो। जसको मत परिणाम सार्वजनिक भइसकेको हो ।
निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ।
आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिट मात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ। एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् ।
७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल
राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ। पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो ।
एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहने छ ।
राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन् भने राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ। तर पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै रहेन छ।
राष्ट्रिय सभामा एमालेका २४ सिट छन्। आजको मतपरिणाम पछि ७ सिट गुमाउँदा पनि एमालेको १७ सिट हुन जान्छ। राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो। आजको जितसँगै उसको १५ सिट पुगेको छ भने कांग्रेसको १० सिट पुगेको छ। त्यस्तै, एकीकृत समाजवादीको ८ र जसपाको ३ सिट तथा राजमोको १ सिट हुनेछ।





























प्रतिक्रिया