काभ्रेको जनसंख्या ०.३९ प्रतिशतले घट्याे, कुन पालिकाकाे जनसंख्या कति?

काभ्रेको जनसंख्या ०.३९ प्रतिशतले घट्याे, कुन पालिकाकाे जनसंख्या कति?

केन्द्रबिन्दु
0
Shares

जनगणना २०७८ को प्रारम्भिक नतिजामा काभ्रे जिल्लाको तथ्याङ्क ०.३९ प्रतिशतले घटेको छ। जिल्लाको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ। जसमा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन्। लैङ्गिक अनुपातका आधारमा ९७.३४ प्रतिशत रहेको छ।

२०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो। २०५८ सालमा जिल्लाको जनसंख्या ३ लख ८५ हजार ६ सय ७२ थियो । त्यतिबेला ०.१ प्रतिशतले घटेको थियो। जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन्। जबकी भूकम्पको राहत लिनेहरुको संख्या ९० हजार भन्दा धेरै घरधुरी रहेका थिए।

परिवारसंख्या भने ९३ हजार १ सय ८९ रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। परिवारको औसत आकार ३.९४ रहेको छ। जनघनत्व २६३ रहेको छ। जनगणना २०७८ मा १९ हजार ५ सय ७६ जनसंख्या अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन्। प्रतिशतका आधारमा ०.९० रहेको छ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ। जसमा पुरुष ३३ हजार १ सय ८० पुरुष र ३४ हजार ४ सय ४९ महिला रहेका छन्। १२ हजार ५ सय ४५ घरसंख्यामा १६ हजार ९ सय ७३ परिवार संख्या रहेको छ। ०६८ सालमा बनेपा नगरपालिकामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको थियो। १२ हजार १ जना नगरपालिकाको संख्या थप भएको छ ।

त्यस्तै पनौतीको जनसंख्या ५२ हजार ७८ पुगेको छ। पनौती दोश्रो भएको छ। जसमा २५ हजार ४ सय ५७ पुरुष र २६ हजार ६ सय २१ महिला रहेका छन्। ११ हजार ५ सय ५५ घर संख्यामा १२ हजार ९ सय ८६ परिवार रहेका छन्। २०६८ सालमा ४६ हजार ५ सय ९५ जनसंख्या रहेको थियो । पनौतीमा ५ हजार ४ सय ८३ थप भएको छ।

धुलिखेल नगरपालिका तेश्रो भएको छ। धुलिखेलमा ३६ हजार १ सय ८३ जनसंख्या रहेको छ। जसमा १८ हजार ५ सय पुरुष र १७ हजार ६ सय ८२ महिला रहेका छन् । ७३ सय ९ घर संख्यामा ८ हजार ८ सय ८ घर परिवार रहेका छन् । २०६८ सालमा ३२ हजार १ सय ६२ जनसंख्या रहेको थियो । ४ हजार २१ जना धुलिखेलमा थप भएका छन् ।

पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ जनसंख्या रहेको छ। जसमा पुरुष १७ हजार ४ सय ७१ रहेका छन् भने महिला १८ हजार ५ सय २१ रहेका छन्। ८ हजार ७ सय ८३ घर संंख्यामा ९ हजार २ सय ९५ घर परिवार रहेका छन्। २०६८ सालमा ३७ हजार ९ सय ९७ रहेको थियो। पाँचखालमा २ हजार ५ जना घटेका छन्।

मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ रहेको छ। १५ हजार ३ सय ३५ पुरुष र १५ हजार ९ सय २६ महिला रहेका छन् । ७ हजार ८ सय ६१ घर संख्यामा ८ हजार २ सय २० परिवार संख्या रहेको छ । २०६८ सालमा ३२ हजार ६ सय ५९ जनसंख्या रहेको थियो। १ हजार ३ सय ९८ घटेको छ।

नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० जनसंख्या रहेको छ। १२ हजार ५ सय ७९ पुरुष र १३ हजार ७ सय १ महिला रहेका छन्। ६ हजार ९ सय ८८ घर परिवार संख्यामा ७ हजार ४ सय ६ रहेको छ। नमोबुद्धमा २०६८ सालमा २९ हजार ५ सय १९ रहेको थियो। झण्डै ४ हजार जनसंख्या घटेको छ।

बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ पुगेको छ। जसमा ७ हजार २ सय २९ पुरुष र ७ हजार ७ सय ६७ महिला छन्। भुम्लु गाउँपालिकामा १५ हजार ८ सय ५८ जनसंख्या रहेको छ। जसमा ७ हजार ६ सय ७ पुरुष र ८ हजार २ सय ५१ महिला रहेका छन्। चौरीदेउराली गाउँपालिकामा १४ हजार १ सय ६ जनसंख्या रहेको छ। जसमा ६ हजार ६ सय ६८ पुरुष र ७ हजार ४ सय ३८ महिला रहेका छन्।

खानीखोलामा १२ हजार ३ सय ७५ जनसंख्या रहेको छ। जसमा ६ हजार १ सय ३१ पुरुष र ६ हजार २ सय ४४ महिला रहेका छन् । महाभारत गाउँपालिकामा १६ हजार १ सय ४८ रहेको छ। जसमा ७ हजार ९ सय ३३ पुरुष र ८ हजार २ सय १५ महिला रहेका छन्।

रोशी गाउँपालिकामा २३ हजार ५ सय ११ जनसंख्या रहेको छ। जसमा पुरुष ११ हजार ४ सय ५८ र महिला १२ हजार ९३ जना रहेका छन्। तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ। जसमा पुरुष ८ हजार १ सय ९७ रहेको छ भने महिला ८ हजार ७ सय ६२ रहेको छ।नेपाल समाचारपत्रबाट

Logo