एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले नेता श्यामकृष्ण सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।
सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए। उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन्। सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए।
उनी साविककाे गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए। ०७४ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए।





























प्रतिक्रिया