काेराेना अपडेट : नेपालमा ८ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

काेराेना अपडेट : नेपालमा ८ हजार १७ संक्रमित थपिए, १५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २१ हजार ८०८ वटा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ९० हजार ५७६ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना डिस्चार्ज भएका छन् भने मृत्यु १५ जनाको भएको छ।

Logo