राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

‘आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,’ प्रमुख स्वकीय सचिव अधिकारीले भने, ‘यो नियमित भेटवार्ता हो।’ 

स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ। आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । 

राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको छ। 

Logo