कतार विश्वकप छनाेट: ब्राजिल र इक्वेडरले अंक बाँडे

कतार विश्वकप छनाेट: ब्राजिल र इक्वेडरले अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन्। शुक्रबार बिहानकाे खेलमा दुबै टिमले १-१ गोल गरेका हुन्।

यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए। कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो। फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। 

बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ। इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ। 

दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिनाले यसअघि नै विश्वकप यात्रा तय गरिसकेका छन्। 

Logo