जानकी फाइनान्सले डाक्यो साधारण सभा, १५.७८ प्रतिशत लाभांश पारित गर्ने

जानकी फाइनान्सले डाक्यो साधारण सभा, १५.७८ प्रतिशत लाभांश पारित गर्ने

केन्द्रबिन्दु
0
Shares

जानकी फाइनान्स कम्पनी लिमिटेडले लाभांश पारित गर्नका लागि २५औं साधारण सभा डाकेको छ। 

कम्पनीले गत आर्थिक वर्ष (आ.व) को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन ७ गते साधारण सभा बोलाएको हो । 

सभा होटल मानकी इन्टरनेशनल प्रा.लि., शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जनाएको छ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयर धनीले मात्र उक्त सभाका भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Logo