साधना लघुवित्तको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

साधना लघुवित्तको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ। 

कम्पनीले कात्तिक १३ गते बसेको पाँचाैं वार्षिक साधारण सभाबाट पारित गरेको २५ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराए पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

कम्पनीले उक्त बोनस शेयर माघ ६ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । माघ ७ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गर्न सुरु गरिएको हो। 

Logo