गोकुलगंगा अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालबीच सम्झौता

गोकुलगंगा अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

रामेछापकाे गोकुलगंगा अस्पताल र भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालबीच क्षमता विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ।  

गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेको गोकुलगंगा अस्पताल र मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबीच अस्पतालको क्षमता विकासमा सहकार्यका लागि शुक्रबार सम्झौता भएको हाे। उक्त सम्झौता पत्रमा मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले हस्ताक्षर गरेका छन्।

दुई अस्पतालबीचको सम्झौता अनुसार भक्तपुरको कोरिया मैत्री अस्पतालले गोकुलगंगा अस्पतालका कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि आवश्यक सहयोग गर्ने, गोकुलगंगा अस्पतालको समन्वयमा कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिकाभित्र आवश्यक स्वास्थ्य शिविर राख्ने, कोरिया मैत्री अस्पतालले गोकुलगंगा अस्पताललाई टेलीकन्सल्टेशन मार्फत आवश्यक स्वास्थ्य परामर्श गराउने, गोकुलगंगा अस्पतालको सिफारिसमा कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिकाका बिरामीलाई  निश्चित शुल्कमा छुट गर्ने सम्झाैता भएको छ। 

गोकुलगंगा गाउँपालिका प्रमुख खड्गबहादुर सुनुवारले मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गरेको नगरपालिका कोरिया मैत्री अस्पतालसँग गोकुलगंगा अस्पतालकाे भगिनी सम्बन्ध जोड्नुले गाेकुलगंगाका जनतामा स्वास्थ्यको पहुँच बढेको बताए। उनले कोरिया मैत्री अस्पतालसँगको सम्झौताले पालिका र नगरपालिकालाई नजिक बनाएको बताए।

Logo