स्पेनी राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शुक्रबार भएको खेलमा इटलीका मात्तेओ बेरेट्टिनीलाई ३–१ को सेटमा पराजित गर्दै नाडाल ग्राण्डस्लाम टेनिसको २१ औं उपाधि नजिक पुगेका हुन् ।
छैठौं पटक अष्ट्रेलियन ओपनको फाइनलमा पुगेका उनले सन् २००९ मा मात्रै मेलबर्नमा उपाधि उचाल्न सफल भएका छन् ।
स्विस रोजर फेडेरर, सर्वियन नोभाक जोकोभिच र नाडालले समान २० पटक ग्राण्डस्लाम टेनिसको उपाधि जितेका छन् । क्ले कोर्टका बादशाह मानिने नाडालको २० वटा उपाधिमध्ये १३ वटा फ्रेन्च ओपनको छ ।
सातौं वरियाताका बेरेट्टिनीलाई पहिलो र दोस्रो सेटमा ६–३ र ६–२ ले पराजित गरेका नाडालले तेस्रो सेट भने ३–६ ले बेरेट्टिनीलाई सुम्पिएका थिए । तर चौथो सेटमा ६–३ को सहज जित निकाल्दै छैठौं वरियाताका नाडालले अन्तिम २ को याता तय गरेका हुन् ।





























प्रतिक्रिया