स्थानीय तहको निर्वाचन संविधानसम्मत् नै हुनु पर्छ : गगन थापा

स्थानीय तहको निर्वाचन संविधानसम्मत् नै हुनु पर्छ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन्।

शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरु संविधानसम्मत् नभएको बताए । कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत् नहुने भन्दै उनले संविधानसम्मत् नभएको कुरालाई कांग्रेसले बोक्न नहुने बताए। पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरुले सो कुरा राखिसकेको उनले उल्लेख गरे । गठबन्धनले संविधानसँग बाझिने गरि कुनैपनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे । 

सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाइ छ।

Logo