जनकपुर रेल्वे कम्पनीका कर्मचारीको आन्दोलन, कार्यालयमा तालाबन्दी

जनकपुर रेल्वे कम्पनीका कर्मचारीको आन्दोलन, कार्यालयमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। 

रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्। 

जनकपुर कार्यालयले केही दिन अगाडि ज्वालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो । रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा ०५८ सालदेखि नै कार्यरत रहेकामो अहिले आएर विना कारण आफूहरुलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताए । 

संयोजक गोइतले ज्वालादारीमा काम गर्ने कर्मचारी नहटाउन भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको बताए । तर प्रमुख जिल्ला अधिकारी पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरेको आरोप लगाए।

कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरि पुराना कर्मचारीलाई अवमूल्यन गरेर पुनः नयाँ तालिम दिन सञ्चालन गरेपछि पुराना कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाएर जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासी सूचना निकालेर हटाएसँगै कर्मचारीहरुले आफूहरूलाई पुनः समायोजन गर्न माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । 

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गतवर्ष नै रेल सेट खरिद गरिसकेको छ। गत असोज ३ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल नेपालमा आए अहिलेसम्म इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ।

Logo