आहा रारा गोल्डकपको उपाधि पहिलोपटक एपीएफलाई

आहा रारा गोल्डकपको उपाधि पहिलोपटक एपीएफलाई

केन्द्रबिन्दु
0
Shares

मनाङलाई पेनाल्टीमा हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ।

पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपीएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो। 

यसअघि खेलको निर्धारित समयमा २–२ गाेलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।

विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

Logo