राजस्व छली मुद्दामा पक्राउ परेका बाराको परवानीपुर–१ का उमाशंकर रायभर आइतबार कारागारमुक्त भएका छन्।
पाटन उच्च अदालतको आदेशअनुसार ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर कैद भुक्तान गरिरहेका उनी सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका हुन्।
सर्वाेच्च अदालतले उनको धरौटी रकम २५ हजारमा झारिदिएपछि रायभर ११ महिनापछि नख्खु कारागारबाट रिहा भएका हुन्।
सर्लाहीका सरोजकुमार मिश्रले रायभरका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरि कम्पनी खोलेर राजस्व छली गरेका थिए। जागिर लगाइदिने भन्दै मिश्रले रायभरको नागरिकताको फोटोकपीसहित दुरुपयोग गर्दा उनी पक्राउ परेर जेल परेका हुन्।





























प्रतिक्रिया