बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो आज ?

बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैंयाँले बढेको छ । आज सुन ९७ हजारमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १,३२० रुपैयाँमा कारोबार भएको चाँदी आज १,३३० मा कारोबार भइरहेको हो ।

Skip This
Skip This
Logo