साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार बढेर बन्द भएको छ।
आज नेप्से परिसूचक १९.२६ अंकले बढेर २ हजार ८९१.३० बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२ बिन्दुमा पुगेको छ।
आज २२३ वटा धितोपत्रको १ करोड २१ लाख ६७ हजार कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँमा खरिद विक्री भएको छ भने २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्।
कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ।
१३ वटा समूह मध्ये चार वटा समूहकाे परिसूचक घटेकाे छ भने बाँकी सबै समूहकाे परिसूचक बढेकाे छ।





























प्रतिक्रिया