पछिल्लो २३ दिनमा नेपालमा १ लाख ५७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २३ दिनमा १ लाख ५७ हजार ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। मंगलबार थपिनेकाे संख्या ५ हजार २८३ रहेकाे छ।
दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे।
मंगलबारकाे अपडेट
पछिल्लो २४ घण्टामा ५ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ वटा नमुना परीक्षण गर्दा ५ हजार २८३ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १० हजार ७७६ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ७४ हजार ६५३ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना डिस्चार्ज भएका छन् भने मृत्यु ९ जनाको भएको छ।
काठमाडौं उपत्यकामा १ हजार ९०७ जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १,४०४, भक्तपुरका १९५ र ललितपुरका ३०८ जना रहेका छन् ।
२३ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए।
माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए।
माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। माघ १५ गते ४ हजार ९०४ जना थपिए। माघ १६ गते ३ हजार ५४० संक्रमित थपिएका थिए। माघ १७ गते थपिनेकाे संख्या ५ हजार २९२ रहेकाे थियाे। माघ १८ गते ५ हजार २८३ जना थपिए।





























प्रतिक्रिया