कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बालबालिकाको माग

केन्द्रबिन्दु
0
Shares

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौँ महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका बालबालिकालाई माघ १५ गतेदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम अन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागि गराएका छन् । सोही अनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेका बालबालिकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेको कामपाले जनाएको छ ।  

कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ती उमेर समूहका बालबालिकाका लागि पनि कोभिड–१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रयासमा लागेको बताए। कामपामा ९० सामुदायिक र ५०० भन्दा बढी निजी विद्यालय सञ्चालित छन् । 

१७ वर्ष पूरा भएका र १८ वर्ष ननाघेका बालबालिकाको सङ्ख्या कामपामा करिब ६ हजार रहेको जनाइएको छ। सरकारले तोकेअनुसारको उमेर समूहका करिब ६५ हजार बालबालिकालाई अहिले छाउनी र थापाथली अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। 

Logo