नेपाल राष्ट्र बैंकले ०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म ७ लाखभन्दा बढी नगदमा भएका कारोबारको विवरण ६ दिनभित्र उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई पत्राचार गरेको छ।
प्राप्त क वर्गका बैंकका कार्यकारी अधिकृतहरुलाई सम्बोधन गरि माघ १८ गते राष्ट्र बैंकका सुपरीवेक्षण विभागका निर्देशक रोशनकुमार सिग्देलबाट प्रेसित पत्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानीको निवारणको विषयमा अनुसन्धानका लागि माघ २४ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।
राष्ट्र बैंकले सबै क वर्गका बैंकहरुसँग मागेको विवरणअनुसार अब ती बैंकहरुले क्रम संख्या, खाता बाहकको नाम, खाता नम्बर, कारोबार रकम, डेभिड क्रेडिटको अवस्था, कारोबार गरेको मितिहरु, सीबीएस जानकारी, कन्डक्टर डिटेल, टिप्पणीसहित फरम्याटमा कारोबारको विवरणहरु उपलब्ध गराउनु पर्नेछ।





























प्रतिक्रिया