जाल्पा सामुदायिक लघुवित्तको आइपिओ विक्री आजदेखि खुल्ला, कहिलेसम्म दिने आवेदन?

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ विक्री आजदेखि खुल्ला, कहिलेसम्म दिने आवेदन?

केन्द्रबिन्दु
0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार (आज) बाट सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा विक्री खुल्ला गरेको छ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरको हो।

निष्कासन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरुलाई, २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा आवेदन दिने मिति छिटोमा माघ २५ गते सोमबारसम्म रहेको छ भने ढिलोमा फागुन ६ गतेसम्म रहेको छ। उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्म सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। 

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Logo