जुम्लामा यस वर्ष तेस्राे पटक हिमपात, जनजीवन कष्टकर

जुम्लामा यस वर्ष तेस्राे पटक हिमपात, जनजीवन कष्टकर

केन्द्रबिन्दु
0
Shares

जुम्लामा पुनः हिमपात भएको छ। बिहीबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ। चिसोका कारण जनजीवन प्रभावित बनेको छ। याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हाे। हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ। लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको हाे।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ। चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए।

जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाँट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ।

Skip This
Skip This
Logo