‘भोलि मध्याह्नपछि बादल त लाग्छ, तर वर्षा हुँदैन’ : मौसमविद्

‘भोलि मध्याह्नपछि बादल त लाग्छ, तर वर्षा हुँदैन’ : मौसमविद्

केन्द्रबिन्दु
0
Shares

बिहीबार रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुनेछ।

भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ। 

'भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ' उनले भनिन्, 'भोलि मध्याह्नपछि बादल त लाग्छ, तर वर्षा हुँदैन।'

Logo