विराटनगर ।
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ५० जना महिला र १२१ जना पुरुष रहेका छन् ।
ती मध्ये मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा एक÷एक र प्रदेश बाहिरका तीन जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी विराटनगरमा सो अवधिमा ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १५ जना महिला र ५० जना पुरुष छन् ।
यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७१ पुगेको छ । विहिबार ४३ जना सहित दुई हजार २३९ जना कोरोनाबाट मुक्त भइ घर फर्किसकेका मन्त्रालयले जनाएको छ । हालसम्ममा एक लाख १३ हजार २२० जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया