प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।
नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग१ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।
दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो।
पहिरोको कारण जिप दुर्घटनामा परेको प्रहरीकाे अनुमान छ। मृतक कसैको पनि सनाखत भइसकेको छैन। थप विवरण आउन बाँकी छ।





























प्रतिक्रिया