चिसोमा रुघाखोकीले धेरै सताउँछ। खोकीसँगै कफ निस्कदा संक्रमण, निमोनिया वा क्षयरोगको लक्षण हुन सक्छ। एकोहोरो खोकी लागिरहँदा दिक्क लाग्छ। त्यतिबेला लाग्छ, खोकीबाट छुटकारा पाउनको लागि केही उपाय भए हुन्थ्यो। कफ निस्कने औषधी खाँदा पनि निको हुन गाह्रो हुन्छ। यस्ताे बेलामा केही घरेलु उपाय अपनाउँदा खोकी निको हुन्छ।
प्रशस्त मात्रामा तरल पदार्थको सेवन
खोकी लागेका बेलामा प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो। पानी र अन्य तरल पदार्थको सेवनले शरीरबाट संक्रमण बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ ।
यसका साथै तरल पदार्थको सेवनले शरीरमा लामो समयसम्म हाइड्रेट रहनुका साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ। त्यसैले सकेसम्म ताताे पानी प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।
कागतीकाे सेवन
कागतीमा एन्टिबायोटिक र एन्टिअक्सिडेन्ट हुन्छ। यी गुणको कारण कागतीको प्रयोगले खोकी निको हुन्छ। कफसँगैको खोकीमा एक गिलास तातो पानीमा कागतीको केही थोपा निचोरेर पिएमा निको हुन्छ। चाँडै निको हुनको लागि यस मिश्रणलाई नियमित सेवन गर्नुपर्छ।
नुन पानीले गार्गल
कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ। दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ। खोकी लाग्दा मनतातो पानीमा थोरै नुन र थोरै बेकिङ सोडा मिलाएर दिनमा ३ पटक गार्गल गर्नाले पनि खोकी निको हुन्छ।
सरसौको बिज
कफसँगैको खोकीको प्राकृतिक उपचारमा सरसौको बिजको उपयोग पनि लाभदायक हुन्छ। सरसौको बिजमा सल्फर पाइन्छ। जसकारण कफको प्रवाहलाई कम गर्न सहयोग गर्छ। खोकीको समस्या भएमा एक चम्चा सरसौको बिजलाई एक कप तातो पानीमा भिजाउने र कफ निस्कने खोकीबाट दिक्क हुनुभएको छ भने नियमित सरसौ भिजाएको पानी पिउनुहोस्।
मह र मरिच
कफलाई पातलो र नरम बनाउनको लागि मह एक प्रभावकारी घरेलु औषधी साबित हुन सक्छ। महले एन्टिइम्फ्लामेटरीको काम गर्छ। कफको पातलो झिल्ली गलामा अड्किएको हुँदा घाँटीमा चिलाइरहेको हुन्छ र खोकी लाग्छ। अदुवाको टुक्रा महमा चोपेर चुसेमा कफसँगैको खोकीमा राहत मिल्छ।
मरिचको सेवनले कफको प्रवाहलाई उत्तेजित पार्छ र बन्द भएको नाक पनि खुल्छ। समस्या भएको बेला एक चम्चा कालो मरिच र एक चम्चा महको पेस्ट बनाउने। त्यसमा थोरै पानी मिलाएर केही समय उमाल्ने। याे मिश्रण चिसो भएपछि दिनभरीमा थोरै थोरै गरेर पिउँदा फाइदा गर्छ।































प्रतिक्रिया