मनाङमा बाढीपहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु

मनाङमा बाढीपहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु

केन्द्रबिन्दु
0
Shares

मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढीपहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ। सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गरेका हुन्। मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहतस्वरुप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख  र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध गराइसकेको बताए।

सम्बन्धित वडा कार्यालयबाट सम्झौता गरि घर बनाउन नेपाल सरकारबाट किस्तावन्दीमा ५ लाख  र जग्गा नहुनेलाई गाउँपालिकाको सिफारिसमा थप ३ लाख  उपलब्ध गराइने प्रजिअ आचार्यको भनाइ छ। उनका अनुसार सम्बन्धित घरमूलीसँग यथाशीघ्र घर बनाउने सम्झौता गरि सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउन मनाङको नार्पाभूमी गाउँपालिका, ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकालाई पत्रसमेत पठाइएको छ। मनाङमा क्षति पुगेका ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिसकिएको छ।

आचार्यले नासों गाउँपालिकाको ३९ घरपरिवार, चामे गाउँपालिकाको ९ घरपरिवार, नार्पाभुमी गाउँपालिकाको ७ घरपरिवार र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको छ। मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउने प्रजिअ आचार्यले बताए। 

प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको छ। प्रदेश विपद् व्यवस्थापन नियमावली अनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको हो । नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको ७ घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए । गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुगेकाे छ। यसमा पूर्ण क्षतिभएका ४४ घर छन्। आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन्।न्युज कारखाना

Logo