बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठाेक्कियाे, तीन जनाको मृत्यु

बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठाेक्कियाे, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगरमा राेकिराखेकाे ट्रकमा कार ठाेक्किँदा तीन जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। 

कोरियन कलेज अगाडि रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। 

उनका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। मृतक र घाइतेको पहिचान हुन बाँकी छ।

Logo