नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।
माघ २३ देखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्ट्रिक ट्रेडर्सले गर्नेछ।
सोरुम उद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा सम्पन्न भएको थियो।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।
१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु ईलेक्ट्रिक ट्रेडर्सले अब अझ बढी ग्राहकहरु माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने बालाजु ईलेक्ट्रिक ट्रेडर्सका संचालक मानव श्रेष्ठले जानकारी दिए।





























प्रतिक्रिया