ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागिरहेको बताएकी छिन्।
सोमबार विद्युतीय प्रयोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन्। उनले यसबारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने बताइन्। मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यसबारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन्।
अनेरास्ववियुले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इण्डेक्शन चुलो पुर्याउन सरकारसँग माग गरेको छ। त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्धरुपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ।































प्रतिक्रिया