डिशहोम फाईबरनेट सह वितरकको सोरुम धनगढीमा उद्घाटन

डिशहोम फाईबरनेट सह वितरकको सोरुम धनगढीमा उद्घाटन

केन्द्रबिन्दु
0
Shares

धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ। डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न यस सोरुमको सञ्चालन गरिएको हो। सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ। 

सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको श्री कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ। 

१ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाईबरनेटको सेवा उपलब्ध गराईसकेको श्री कृष्ण ईन्टेरप्राईजेजले  अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने सञ्चालक सुरेश पाठकले जानकारी दिए।

Logo